शुक्रबार, चैत १६, २०८०

‘साना लगानीका मिडियालाई निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्छ’

नेपालखोज २०७८ असोज १२ गते १९:०१

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई राज्यले निःशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताएका छन् ।

मंगलवार नेपालमा सुचना प्रविधि प्रयोगको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले राज्यले सञ्चार माध्यमलाई सञ्चार प्रविधिमा सहुलियत दिनुपर्ने बताए ।

उनले भने, ‘सञ्चार माध्यमलाई पनि सञ्चार प्रविधिको विकास र सहुलीयत जरुरी छ । खासगरी साना लगानीका मिडियालाई । साना लगानीका मिडिया अब राज्यले विशेष रुपले नहेर्ने हो भने टिक्न पनि गाह्रो छ । यस्ता साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको सुविधा व्यवस्था गर्न सक्छ कि सक्दैन ? मलाई लाग्छ यस्ता मिडिया बचाउनका लागि निशुल्क इन्टरनेट सुविधा भइदियो भने केही राहत हुन्छ जस्तो मलाई लाग्छ ।’

अध्यक्ष बस्नेतले अनलाईन, युट्युव जस्ता नयाँ मिडियालाई अधिकतम उपयोग गर्न र जनताको पक्षमा सुचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रीत हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया