देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना

नेपालखोज २०७८ असोज १३ गते ६:४१

काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति पनि वर्षाको सम्भावा छ ।

देशभर आंशिक देखि सामान्य बदलीसँगै हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त पहाडी क्षेत्रमा भूक्षय र पहिरोको सम्भावना छ ।

नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया