माओवादी नेता पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान
नेपालखोज
२०७८ असोज १३ गते ७:२४

काठमाडौं । कमलपित्त रोगबाट पीडित नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको थप उपचारका लागि आज थाइल्याण्ड गएका छन् । उनको साथमा पूर्वसभामुख तथा नेता पुन पत्नी ओनसरी घर्ती पनि छिन् ।
केही दिनदेखि पुनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि आज विहानै बैंकक गएका हुन् । नेता पुनलाई कमलपित्तको मात्रा बढेकाले वान्ता हुने र ज्वरो आउने जस्ता समस्या देखिएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो ।
नेता पुनका स्वकीय सचिव सन्तोष पुनका अनुसार चिकित्सकको सुझाव अनुसार उको उपचार थाइल्याण्डमा गर्न लागिएको हो । थाइल्याण्डको बु्रमुङगार्ड अस्पतालमा पुनको उपचार हुने सन्तोषले बताए ।
सम्बन्धित

प्रतिक्रिया