माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, मन्त्रीको नाम टुंगो लगाउने
नेपालखोज
२०७८ असोज १३ गते ७:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । आजको बैठकले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने सम्भावना रहेको माओवादी नेता हरिबोल गजुरेलले जानकारी दिए ।
‘सम्भवतः आज सरकारमा पठाउने मन्त्रीको टुंगो लाग्नेछ,’ गजुरेलले भने ‘हाम्रो प्रयास आजै टुंगो लगाएका नाम प्रधानमन्त्री देउवालाई बुझाउने तयारी छ ।’
मंगलबारका लागि तय गरिएको स्थायी कमिटीको बैठक स्थगित भएर बुधबार सरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया