प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटारमा
नेपालखोज
२०७८ असोज १३ गते १०:३६

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न बालुवाटार पुगेका हुन् ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज मध्याह्न्न १२ बजे पेरिसडाँडामा बस्दै छ । बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ ।
बैठक अघि मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न प्रचण्ड देउवा निवास पुगेका हुन् । प्रधानमन्त्री देउवा मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा छन् ।
गत असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अझैसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।
सम्बन्धित

प्रतिक्रिया