विराटनगर उडेको सौर्यको विमान किन फर्कियो काठमाडौं ?

नेपालखोज २०७८ असोज १३ गते १०:५९

मोरङ । विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको विमान बीचबाटै काठमाडौँ फर्किएको छ । मंगलबार साँझ खराब मौसमको कारण विराटनगरको लागि उडेको विमान काठमाडौं फर्काइएको विराटनगरस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख उत्सव खरेलले जानकारी दिए ।

प्रमुख खरेलका अनुसार मंगलबार साँझ तय गरिएको सौर्य एयरलाइन्ससहित थप दुई कम्पनीका गरी चारवटा विमानको काठमाडौँबाट विराटनगर उडान प्रभावित भएको जानकारी दिए ।

बेलुका मौसम खराब भएपछि साँझ ६ बजेपछिको सौर्यको एउटा, यती एयरलाइन्सको एउटा र बुद्धको दुईवटा उडान रद्ध भएको खरेलले जानकारी दिए । उडान भरेको सौर्यको जहाज बीचबाटै काठमाडौँ फर्काइएको भए पनि यती र बुद्धका विमान उडेका थिएनन् ।

प्रमुख खरेलले रद्ध भएका उडान बुधबार बिहानदेखि नियमित रूपमा अघि बढेको जानकारी दिए ।

विराटनगर विमानस्थलका अनुसार बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले काठमाडौं–विराटनगरका लागि दैनिक १९ वटासम्म उडान भर्ने गरेका छन् ।

प्रतिक्रिया