भारतको महाराष्ट्रमा भीषण वर्षा, १३ जनाको मृत्यु
नेपालखोज
२०७८ असोज १३ गते ११:५०

काठमाडौं । भीषण वर्षाका कारण भारतको महाराष्ट्रस्थित मराठवालामा १३ जनाको मृत्यू भएको छ ।
वर्षाका कारण आएको बाढी तथा चट्याङका कारण उनीहरूको मृत्यू भएको भास्कर अनलाइनले जनाएको छ ।
त्यहाँका प्रहरीले उद्धार कार्य जारी राखेको बताइएको छ । ५ सय ६० बढी मानिसहरुलाई उद्धार गरिसकिएको छ ।
वर्षाका कारण कैयन घरहरू क्षतिग्रस्त भएका छन् भने पशुचौपाया बगाएका छन् ।
भारतीय मौसम विज्ञान विभागले मराठवाडा, मुम्बई क्षेत्रमा २४ घण्टा वर्षा जारी रहने पूर्वानुमान गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया