पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढनुको विकल्प छैन : नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्व परिवर्तन गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन् । नेता सिंहले पार्टीको आगामी १४औं महाधिवेशनमा पनि पार्टीको नेतृत्व परिवर्तन गर्न नसके नेपाली जनताले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विश्वासको मत नदिने तर्कसमेत गरे।
उनले जनता र पार्टी कार्यकर्ताको भावना बुझेर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अघि बढन आफूले आग्रह गरिरहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
काँग्रेस नेता सिंहले जिल्ला जिल्लाका कार्यकर्ताहरुले पार्टीको नेतृत्व लिन आफूलाई दवाव दिईरहेको दावीसमेत गरे । गणेशमानको छोरा पार्टीको नेतृत्व लिन किन तयार नहुने भनेर पार्टीका कार्यकर्ताहरुले आफूलाई गाली गर्ने गरेको उनको भनाई थियो । नेता सिंहले पार्टीको आसन्न महाधिवेशनमा विवेकको मत दिएर पार्टीको नेतृत्व चयन गर्न पनि महाधिवेशन प्रतिनिधिहरुलाई ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया