राष्ट्रपति भण्डारीद्वारा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण
नेपालखोज
२०७८ असोज १३ गते १९:०८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेकी छन् । बुधबार राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका बजेटसम्बन्धी दुई वटा विधेयक आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित

प्रतिक्रिया