आईपीएल : बेंग्लोरसँग राजस्थान ७ विकेटले पराजित
नेपालखोज
२०७८ असोज १४ गते ७:१५
काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै रोयल च्यालेञ्जर्स बेंग्लोर विजयी भएको छ ।
दुबईमा गएराति भएको खेलमा राजस्थानले दिएको १ सय ५० रनको लक्ष्य बेंग्लोरले १७ बल बाँकी छँदै भेट्टायो ।
बेंग्लोरका लागि ग्लेन म्याक्स्वेलले अविजित रहँदै ५० रनको अर्धशतकीय पारी खेले । श्रीकर भारतले ४४ रन जोड्दा कप्तान विराट कोहलीले २५ रन बनाए । देवदत्त पड्डीकलले २२ रन बनाए। राजस्थानका मुस्ताफिजुर रहमानले २ विकेट लिए ।
जितसँगै बेंग्लोरले ११ खेलमा १४ अंक जोडेको छ । बेंग्लोर तेस्रो स्थानमा रहेको छ । राजस्थान ८ अंक जोडेर सातौँ स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया