बुधबार, जेठ २, २०८१

दशरथचन्दमा महिला उपमेयर कप आजदेखि

नेपालखोज २०७८ चैत ५ गते १६:०४

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदै छ ।
दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । निंग्लाशैनी खेलमैदान देहिमाडौँमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले गर्नेे नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिएका छन् ।

उद्घाटन समारोह पश्चात् हुने पहिलो खेलमा वडा नं ६ र ९ खेल्ने भएका छन् । प्रतियोगितामा सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको बताइएको छ । समूह ‘ए’ मा वडा नं ६, ९ र ५ रहेका छन् । समूह ‘बी’ मा वडा नं २, ८, ४, ११ छन् । चैत ११ गते प्रतियोगिताको फाइनल खेल हुने नगर क्रिकेट समितिले जनाएको छ । उपाधि विजेताले ४५ हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताइन् । नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट हँुदै आएको नगर क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । यस अघि चौथो संस्करणको उपमेयर कप वडा नं २ देहिमाडौँलाई ९ विकेटले हराउँदै वडा नं ६ थालिगडाले जितेको थियो ।

प्रतिक्रिया