संसद् बैठक बस्दै, के छ कार्यसूची ?
नेपालखोज
२०७८ असोज १४ गते ७:२४
काठमाडौं । एमालेद्धारा निरन्तर अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आजका लागि बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची छ ।
एमालेले यसअघिका प्रतिनिधि सभाको बैठकमा निरन्तर नाराबाजी गर्दै आएको छ । आफुले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने बताउँदै आएको छ । उसले १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखलाई राजीनामा दिन आग्रह गर्दै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया