परराष्ट्रमन्त्री खड्का स्वदेश फर्कँदै
नेपालखोज
२०७८ असोज १४ गते ८:२२

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिएर परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का
आज स्वदेश फर्कँदै छन् ।
मन्त्री खड्काले महासभालाई सम्बोधन गर्नुका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
खड्का नेतृत्वको प्रतिनिधिमण्डल गत ८ गते अमेरिकाको न्युयोर्क पुगेको थियो ।
खड्का अमेरिकामा रहेका नेपालीले आयोजना गरेको छलफलमा पनि सहभागी भएका थिए ।
सम्बन्धित

प्रतिक्रिया