यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय

काठमाडौं । सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद्को बैठकपछि कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रीपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२औँ मन्त्रीस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्विकृत दिने निर्णयसमेत गरेको बताए । उनले सरकारले इन्टरपोलको ८९औँ महासभामा भाग लिन स्विकृत दिने निर्णय गरेको समेत बताए ।
कानुन मन्त्री कार्कीले भने, ‘आजको मन्त्रीपरिषद्ले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन स्विकृत दिने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई,इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्विकृत दिने, सहसचिव प्रा.गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने, विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णय गरेको छ ।’
सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्विकृत गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया