सेयर बजारमा चलखेल गरेको भन्दै अग्रवालविरुद्ध बोर्डमा उजुरी
काठमाडौं । आन्दोलनको नाउँमा सेयर बजारमा चलखेल गरेको भन्दै सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालविरुद्ध नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ ।
धितोपत्र बोर्ड श्रोतका अनुसार अग्रवालविरुद्ध कारबाहीको माग गर्दे बेनामी उजुरी दर्ता भएको हो । उजुरीमा भनिएको छ, विगत केहि सातादेखी लगानीकर्ताको नाममा एक समूह आन्दोलन र सहमती भन्दै शेयर बजारमाउच्च चलखेल गर्दै छ ।
कहिले राष्ट्र बैंक,सेबोन त कहिले अर्थमन्त्री अनि कहिले अर्थमन्त्रीले गर्भनरलाई फोन गरे जस्ता आधारहिन विषयले समग्र नेप्सेले ठूलो उत्तरचढाव व्यहोरेको छ, दिपेन्द्र अग्रवालले अग्रसरता लिई बनाएको सो समूहको आक्रोश बजारबाट लाभ लिन नसकेको र आफूहरुले बनाएको योजना अनुसार अरुलाई उच्च मूल्यमा शेयर बेच्न नसकेको स्पष्ट रुपमा देखिन्छ ।
अग्रवाल आफैमा आक्रामक शट्टेबाजी हुन् । क्लबहाउसमा उनको थुप्रै व्यक्तिसँग भनाभन र झगडा परेको छ । यसरी बजारमा आन्दोलन सहमती भन्दै उपयुक्त समयमा आफूसँग भएको ठूलो शेयर उच्च मुल्यमा बेच्न प्रयासरत मानिसहरुको डिम्याट एकाउन्ट छानवीन गरी ट्रेडिङ एकाउन्ट बन्द गरेर मात्र वार्ता र सहमतीमा आउन नेपाल धितोपत्र बोर्ड सञ्चालक समितीलाई अनुरोध छ । अन्यर्था पहुँच नभएका, आन्दोलनमा सहभागी नभएका सोझा लगानीकर्ता फस्ने निश्चित छ, उजुरी पत्रमा भनिएको छ ।
यता वार्ता सफल भयो भन्ने उता आफूसँग भएको शेयर धमाधम बेच्ने प्रवृती कहिलेसम्म हावी हुन दिने । साथै पछिल्लो समयमा धितोपत्र बोर्डले बजार सुधार र स्थायीत्वको लागी गरेको कामहरुको स्वागत गर्दै धन्यवाद प्रकट गदर्छ ।
आन्दोलनरत समूह र तिनका अगुवाले गरेका कुकार्य र विभिन्न संचार माध्यममा आएका समाचार यसै पत्र साथ संलग्न गरेर पठाएको छु । फेरी पनि उचित छानविन सहित कारबाहीका लायक मानिसहरुलाई सजायको भागेदार बनाइयोस् । धन्यवाद, पत्रमा भनिएको छ ।
प्रतिक्रिया