हिमालयन बैंकको अध्यक्षमा श्रेष्ठ चयन
नेपालखोज
२०७८ असोज १४ गते २०:४४

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ चयन भएका छन् । बैकका अनुसार बुधबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो ।
यसअघि बैंक सञ्चालक समितिको अध्यक्ष रहेको कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतम रहेका थिए । गौतम सञ्चयकोषबाट पुर्नबहाली भएर आएका थिए । कोषको सञ्चालक समिति बैठकले बैंकमा गौतमको स्थानमा अर्को सञ्चालक पठाएपछि बैंकको अध्यक्ष रिक्त बनेको थियो ।
यसअघि हिमालयन बैंक सञ्चालक समितिको अध्यक्षमा मनोजबहादुर श्रेष्ठ रहेका थिए । अहिले अध्यक्षमा चुनिएका प्रचण्ड मनोजबहादुर श्रेष्ठका भाई हुन् ।
सम्बन्धित
प्रतिक्रिया