बिहीबार, जेठ २, २०८२

कुमारी बैंक र सारथी होटेलबिच सहकार्य

नेपालखोज २०७८ असोज १४ गते २१:०४

काठमाडौं । कुमारी बैंक लिमिटेड र काभ्रेको धुलिखेलस्थित होटेल सारथी प्राइभेट लिमिटेडबीच आफ्ना ग्राहकवर्गलाई विशेष छुट सम्बन्धमा सहकार्य भएको छ । सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले सोही होटेल अन्तर्गतका विभिन्न खानपिनलगायतमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

सो सम्झौता पत्रमा कुमारी बैंक लि बनेपा शाखाकी शाखा प्रबन्धक नवीना बैद्यले तथा सारथी होटेलका तर्फबाट प्रबन्ध निर्देशक तथा कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेलले हस्ताक्षर गरे ।

कुमारी बैंकले आफ्ना देशव्यापी एक सय ९६ शाखा सञ्जाल, एक सय ६५ एटिएम, ३२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया