आइतबार, वैशाख ३०, २०८१

आमयुवतीसँग बिहे गर्ने यी सुपरस्टार !

नेपालखोज २०७८ असोज १५ गते १२:३९

काठमाडौं । भोजपुरी फिल्मका त्यस्ता कैंयन् सुपरस्टार छन् जसले आमयुवतीसँग विवाह गरेका छन् । यसरी साधारण युवतीसँग घरजम बसाउने कलाकारमा मनोज बाजपेयी, रवि किशन, खेसारीलाल यादव आदि प्रमुख मानिन्छन् । आउनुहोस् उनीहरुका पत्नीबारे केही जानकारी लिउँ ।

सन २०१४ मा पवन सिंहले नीलमसँग विवाह गरे । जसमा पवनको परिवारका सदस्य तथा केही साथी मात्र सहभागी थिए ।

अभिनय र राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने मनोज तिवारीले सन् २०२० को ३० डिसेम्बरमा सुरभीसँग विवाह गरेका थिए ।

भोजपुरी एक्टर खेसारीलाल यादवले चन्दादेवीसँग विवाह गरेका छन् । उनकी पत्नीको मनोरञ्जन उद्योगसँग टाढाको पनि सम्बन्ध छैन ।

रवि किशनले प्रीतिसँग विवाह गरेका छन् । उनीहरुका तीन छोरी र एक छोरा छन् । प्रीतिको पनि फिल्म इन्डस्ट्रीसँग कुनै साइनो छैन ।

भोजपुरी एक्टर रितेश पाण्डेले वैंशाली पाण्डेसँग विवाह गरेका छन् । वैंशाली पेसाले चिकित्सक हुन् ।

अभिनेत्री सीमा सिंहले सौरभ कुमारसँग विवाह गरेकी छन् । यो जोडीलाई हालै पुत्रलाभ भएको छ ।

प्रतिक्रिया