बिहीबार, वैशाख १३, २०८१

जो गुगलमा सर्वाधिक खोजिए २०२२ मा

नेपालखोज २०७९ मंसिर २३ गते ११:१८

काठमाडौं । सर्च इन्जिन गुगलले सन् २०२२ मा सबैभन्दा बढि खोजी गरिएका कलाकारको सूची सार्वजनिक गरेको छ । यो सूचीको शीर्षस्थानमा हलिउड अभिनेता जोनी डेप छन् । पत्नी एम्बर हर्डसँगको सम्बन्ध विच्छेद तथा घरेलु हिंसा सम्बन्धि आरोपका कारण उनी यो वर्ष निकै चर्चामा रहे ।

हलिउड कै कलाकार विल स्मिथ सन् २०२२ मा दोस्रो सर्वाधिक खोजी गरिएका ब्यक्ति हुन । स्मिथ २०२२ को मार्च २७ मा सम्पन्न ओस्कार अवार्ड समारोहमा सञ्चालक क्रिस रकलाई थप्पड हानेपछि चर्चामा आएका थिए ।

यो सूचीको तेस्रो नम्बरमा हलिउड अभिनेत्री एम्बर हर्ड छिन् । अभिनेता पति जोनी डेपसँगको सम्बन्धविच्छेदको अदालती प्रकरणले उनलाई डेप सँगै चर्चामा ल्यायो । यो सुचिको चौथो नम्बरमा क्रिस रक तथा पाँचौं नम्बरमा जाडा पिन्केट स्मिथ छन भने जोसेफ क्वीन, इभान पिटर्स, एन्ड्रियु गारफिल्ड, जुलिया फक्स, एज्रा मिलर पनि यसमा अटाएका छन् ।

गुगलका अनुसार जोसेफ क्वीन छैटौं , इभान पिटर्स सातौं तथा एन्ड्रियु गारफिल्ड आठौंमा नम्बरमा सर्वाधिक खोजिएका हलिउड स्टार हुन् ।

प्रतिक्रिया