शनिबार, जेठ ५, २०८१

आजको मौसम : देशभर बदली, चार प्रदेशमा मेघ गर्जनसहित वर्षा

नेपालखोज २०७८ असोज १५ गते ६:०७

काठमाडौं । आज देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । अन्य स्थानमा पनि हल्का वर्षा हुने जनाइएको छ ।

आज राती प्रदेश २ का अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्यांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको अनुमान छ ।

देशभर सामान्य बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेकोले पहाडमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम छ ।

नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया