उत्तर कोरियाले गर्यो पुनः मिसाइल परीक्षण
नेपालखोज
२०७८ असोज १५ गते ११:३२
प्योङ्याङ । उत्तर कोरियाले एक महिनाको अवधिमा चौथो पटक मिसाइल परीक्षण गरेको छ । बिहीबार एन्टी–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको हो । यो मिसाइलमा दुई वटा राडर कन्ट्रोल र अन्य नयाँ प्रविधिहरू रहेको उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले जनाएको छ ।
यो परीक्षणलाई पनि उसले देशको सुरक्षाका लागि अत्यावश्यक र महत्वपूर्ण भनेको छ । केही दिन अघि उसले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो ।
उता, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले उत्तर कोरियाको निरन्तर मिसाइल परीक्षणले क्षेत्रीय सुरक्षामा अस्थिरता बढाएको बताए ।
राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाए पनि उसले त्यसलाई लत्याउँदै परीक्षण र प्रक्षेपणलाई निरन्तरता दिंदै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया