मंगलबार, मंसिर १८, २०८१

नेप्से २,६३३ दशमलव ४२ अंकमा सीमित, सातामा २६ अर्ब १० करोडको कारोबार

नेपालखोज २०७८ असोज १५ गते १२:०६

काठमाडौं । यो साता नेप्से सूचक दुई हजार छ सय ३३ दशमलव ४२ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार सय ९७ दशमलव पाँच अंकमा सीमित हुन पुगेको छ ।

जसअनुसार सातामा दुई सय ३३ वटा कम्पनीहरुको तीन लाख ३० हजार चार सय पाँच पटकको कारोबारमा पाँच करोड ५२ लाख २२ हजार छ सय ४८ कित्ता सेयर खरिद-बिक्री भएका छन् ।

सोही आधारमा यो साता कुल कारोबार रकम २६ अर्ब १० करोड ४२ लाख ६३ हजार छ सय ५४ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा तीन अर्ब रुपैयाँले कम हो ।

गत साता भने नेप्सेमा दुई सय २८ वटा कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार तीन लाख ६३ हजार सात सय ६६ पटकको कारोबारमा छ करोड चार लाख ७३ हजार एक सय ६३ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम २९ अर्ब ७६ करोड ३८ लाख ७० हजार आठ सय ४८ रुपैयाँ पुगेको थियो ।

नेप्से यो साता पाँच कार्य दिन नै खुल्ला रहेको भएपनि चौंथो कार्य दिन मात्र नेप्से बढेको थियो । बाँकी चार कार्यदिनहरुमा भने नेप्से सुचक संगै कारोबार रकम पनि ओरालो लागेको थियो ।

सोही आधारमा यो साता सुरुवाती कारोबार दिन आइतबार नेप्से ६१ दशमलव २७ अंकले घटेर दुई हजार सात सय ५८ दशमलव ४८ अंकमा झरेकोमा अन्तिम कारोबार दिन पनि ३२ दशमलव ५१ अंकले घटेर नेप्से दुई हजार छ सय ३३ दशमलव ४२ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १० दशमलव सात अंंकले घटेर पाँच सय १९ दशमलव ३६ अंकमा झरेकोमा अन्तिम कारोबार दिन पनि छ दशमलव ४१ अंकले घटेर चार सय ९७ दशमलव पाँच अंकमा सीमित हुन पुगेको छ ।

यो साता चौथो दिनबाहेक बाँकी सबै दिन नेप्से सूचक तथा सेन्सिटिभ इन्डेक्स ओरालो लागेको थियो । रकम कारोबारका आधारमा भने यो कुमारी बैंक, अरुण भ्याली हाइड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि अगाडि परेका छन् ।

यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा पनि यो साता कुमारी बैंक, नेपाल बैंक, नेशनल हाइड्रो पावर कम्पनी आदि परेका छन् ।

बजार पुँजीकरणको आधारमा नेपाल टेलिकम नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरु अगाडि परेका छन् । सुचीकरणतर्फ भने यो साता मनास्लु लघुवित्त वित्तीय संस्थाको साधारण सेयर सूचीकृत भएको छ ।

प्रतिक्रिया