गोदावरीमा एमालेकाे महाधिवेशन, समूहगत छलफलबाट आएका सुझाव पारित गरिने (फाेटाे फिचर)

नेपालखोज २०७८ असोज १५ गते १३:५३
May be an image of one or more people and people standing

काठमाडाैं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा आयोजित सो विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोवाईलको बटम थिचेर लोगो अनावरण गरेर उद्घाटन गरेका हुन्

May be an image of 1 person and sitting

विधान महाधिवेशनमा देशभरका ६ हजार भन्दा बढि प्रतिनिधिहरु सहभागी भएका छन् । ३ दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा आज नै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् ।

May be an image of 7 people, people standing and crowd

शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित हुनेछ । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता ज्ञवालीले बताए ।

May be an image of one or more people and indoor

एमालेले पहिलो पटक पार्टीको नीति निर्माणमा केन्द्रित भएर विधान महाधिवेशन आयोजना गरेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिरको दोस्रो आयोजना हुनेछ ।

प्रतिक्रिया