तपाई कुन देशमा हुनुहुन्छ, हेर्नुहोस् टिकाको साइत
नेपालखोज
२०७८ असोज १५ गते १४:०५

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ ।
नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीका लागी पनि समितिले साइत तयार गरेको हो । समितिका अनुसार नेपालमा बिहान १० बजेर २ मिनेटमा दसैँको टीका लगाउने उत्तम साइत छ ।
भारतको देहलीमा १५ अक्टोबर दिन बिहान ९ बजेर ५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ ।
अमेरिकाको न्यूयोर्कमा १५ अक्टोबरमा बिहान ९ बजेर २१ मिनेटमा, केन्टुकीमा बिहान ८ बजेर ४५ मिनेटमा, टेक्सासमा ८ बजेर १५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ७ बजेर १५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विज्ञप्तीमार्फत जनाएको छ

सम्बन्धित

प्रतिक्रिया