चौबीस घण्टामा १,०६६ संक्रमित थपिए, १३ जनाकाे मृत्यु
नेपालखोज
२०७८ असोज १५ गते १६:५५

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ९३८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ११३ जनाको पीसीआर परीक्षणबाट ८९८ र ३ हजार २५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा १६८ जना गरी जम्मा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १८ हजार १५५ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया