पहिलोपटक धवलागिरि हिमालमा नेपाली महिलाद्वारा आरोहण

काठमाडाैं । फोटोपत्रकार पुर्णिमा श्रेष्ठले विश्वको सातौं अग्लो धौलागिरी हिमालको सफल आरोहण गरेकी छन् । फोटो पत्रकार क्लबको सदस्य श्रेष्ठले शुक्रबार बिहान ६ बजे शिखर चुमेकी हुन् ।
सफल आरोहणसँगै श्रेष्ठ धौलागिरी हिमालको शिखरमा पाइला टेक्ने पहिलो नेपाली महिला बनेकी छन् । गोर्खा जिल्लाको आरुघाटमा जन्मिएकी २९ वर्षीय श्रेष्ठले यसअघि सन २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमादब्लम हिमालको आरोहण गरिसकेकी छन् ।
एक दशकदेखि फोटोपत्रकरितामा सक्रिय पुर्णिमा हाल कारोबार राष्ट्रिय आर्थिक दैनिकमा कार्यरत छिन् । पुर्णिमासँगै आरोही पासाङ लामू शेर्पाले पनि धौलागिरी हिमालको सफल आरोहण गरेकीछन् ।
उनीहरुले धौलागिरीको चुचुरोमा पाइला टेक्ने दुई प्रथम नेपाली महिलाको किर्तिमानसमेत बनाएका छन् । सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धौलागिरी हिमाल आरोहणमा गएकी हुन् ।

प्रतिक्रिया