एमाले विधान अधिवेशन : आज समूहगत छलफल हुँदै

नेपालखोज २०७८ असोज १६ गते ११:३०

काठमाडौं । हिजोबाट सुरु भएको नेकपा एमालेको विधान अधिवेशनमा आज समूहगत छलफल हुँदैछ ।

अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नुभएको थियो ।

सो प्रस्तावमाथि छलफल गर्न प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरिएको छ । यसबाहेक विधान महाधिवेशन सञ्चालनका लागि अध्यक्षमण्डल गठन गरिएको छ । त्यसको सदस्यमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुवास नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा छन् ।

भीम रावलसहित सात सदस्यीय प्रस्ताव मस्यौदा कमिटी पनि गठन गरिएको छ । यसैगरी महाधिवेशनबाट आएका सुझाव अध्ययन कमिटीमा सात जना रहेका छन् । यो कमिटीले समूहगत छलफलबाट आएका सुझावलाई अध्ययन गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया