कैलालीका पहिरोपीडितको विचल्ली, दुई वर्षदेखि जंगलकै बास

नेपालखोज २०७८ असोज १६ गते १४:२५
साँकेतिक तस्बिर

कैलाली । कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडित परिवार अझै बिचल्लीको अवस्थामा छन् । दुई बर्ष अघि गएको पहिरो पीडित अहिलेसम्म पनि जंगलमै बसिरहेका छन् ।

पहिरोबाट प्रभावित नागरिकहरुले सरकारले सुरक्षित स्थानको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । बैज्ञानिक मापदण्ड विपरित बर्षेनि सडक खनिन थालेपछि कैलालीको चुरे गाउँपालिकाका बिभिन्न वडामा पहिरोको जोखिम बढिरहेको छ । पहिरोको कारणले गाँउ नै बिस्थापित भइरहेका छन् । चुरे गाउपालिकाको गोपाले, काफलगैरा, माल, निगलाडी, पट्रेनि, गुणिलगाएतका गाउँमा पहिरोका कारण गाँउ नै बिस्थापित हुन थालेका हुन् ।

चुरेका बिभिन्न बस्तीमा पहिरो जान थालेपछि त्यहाका स्थानीय घर छोडेर जंगल तथा सुरक्षित स्थानमा जान थालेका छन् । अहिले सबै बिस्थापित घर बिहिन बन्दै गएका छन् । गाउँमा बस्न सक्ने अवस्था नभए पछि केहि सडकमै बसिरहेका छन् । पहिरो प्रभावित परिवारहरुलाई अहिले दैनिक छाक टार्न पनि समस्या भएको छ । यता सरकारले बिस्थापतिहरुको बारेमा केहि नगरेको स्थानीयले आरोप लगाएका छन् । गत बर्ष आएको पहिरोका कारण पट्रेनि, गुणिका ३ सय परीवार बिस्थापित भएका छन् ।

त्यस्तै भदौ ९ र १० गतेको भारी वर्षाका कारण चुरे गाउँपालिका वडा नम्बर ५ का गोपाले, काफलगैरा, माल, निङ्गलाडीका बस्तीहरु नराम्ररी प्रभावित भएको छ । घर, गोठ जमिन चर्किनुका साथै सो बस्ती पहिरोको उच्च जोखिममा छन् ।

प्रतिक्रिया