प्रदेश १ र २ मा भारी वर्षा, पहिरो र बाढीको खतरा
नेपालखोज
२०७८ असोज १७ गते ६:२८

काठमाडौं । भारतको दक्षिण बिहार तथा आसपासमा अवस्थित न्यून चापिय क्षेत्रको प्रभावका कारण हाल देशभर बदली रहेको छ । आज बिहानैबाट प्रदेश २ र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो र राति प्रदेश १, २ र वाग्मती प्रदेशका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखको अनुमान छ ।
देशभर निरन्त वर्षाको भएकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया