मेलम्ची–हेलम्बु बाढीपीडितलाई राहत वितरण
काठमाडौं । मेलम्ची र हेलम्बुका बाढीपीडितलाई नेपाली कांग्रेसले राहत वितरण गरेको छ । नेपाली कांग्रेस, क्षेत्र नं २ विपद् व्यवस्थापन समितिले मेलम्ची बजार र तालामाराङ तथा हेलम्बु गाउँपालिकाको ग्याल्थुम बजारका पीडितलाई नगद सात लाख ५० हजार नगद वितरण गरिएको हो ।
क्षेत्र नं २ का सभापति आइतमान तामाङको संयोजकत्वमा गएको टोलीले शनिबार राहत स्वरुप नगद वितरण गरेको नेपाली कांग्रेसले जनाएको छ ।
गत असार १ र साउन १६ मा मेलम्ची हेलम्बु नदीमा आएको बाढीले घर बगाएकाहरुलाई मात्रै नगद सहयोग गरिएको र जग्गा तथा पसल बगाएकालाई अर्को व्यवस्था गरिने क्षेत्रीय सभापति तामाङले जानकारी दिए ।
उनका अनुसार राहत वितरणअन्तर्गत मेलम्ची बजारमा ४६ घरपरिवारलाई चार हजारका दरले नगद वितरण गरिएको थियो भने तालामाराङमा एकमुष्ट रु एक लाख नगद वडा सभापतिलाई जिम्मा लगाइएको थियो ।
त्यस्तै हेलम्बु लागि एकमुष्ट रु तीन लाख ५० हजार प्रत्येक वडाका सभापतिलाई जिम्मा लगाइएको र मेलम्ची–५ सिन्धुकोटका पहिरापीडित पाँच घरधुरीलाई रुचार हजारका दरले नगद रु २० हजार सहयोग गरिएको थियो । सो अवसरमा कांग्रेसका जिल्ला सभापति लामाले दशैँलगत्तै पालिका र जिल्ला अधिवेशन गरिने बताए ।
प्रतिक्रिया