शनिबार, जेठ ५, २०८१

ललितपुर महानगर : चिरीबाबु महर्जनकाे अग्रता कायमै

नेपालखोज २०७९ जेठ ९ गते २१:२२

काठमाडाैं । ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेद्वारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ ।

पछिल्लो विवरणअनुसार कांग्रेसका उम्मेदवार महर्जनले ३९ हजार १३१ मत र उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारले २२ हजार ६२० मत पाएका छन् । उपप्रमुखमा एमालेकी उम्मेदवार शाक्यले २२ हजार ३०९ मत र उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १५ हजार ६३६ मत पाएका छन् ।

हालसम्म २२ वटा वडाको मतगणना सकिएको छ । हाल वडा नम्बरहरू २२, २४, २५ र २६ को गणना जारी रहेको छ । कूल २९ वटा वडा रहेको महानगरको अन्तिम परिणाम मंगलबारसम्म आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया