कसले बनायो कोभिड-१९ विरुद्धको भ्याक्सिन ?

काठमाडौं । सन् २०१९ मा पहिलो पटक कोराना भाइरस (कोभिड १९) को पहिचान भयो । कोरोना भाईरसका कारण हालसम्म ४८ लाख बढीले नागरिकले ज्यान गुमाए । अहिले पनि यसै भाइरसका कारण ज्यान गुमाउनेको संख्या शुन्यमा झरेको छैन । विश्वका साढे २३ करोड नागरिकलाई आफ्नो सिकार बनाएको भाईरस विरुद्ध अहिले सम्मको एक मात्र भरोसा भनेकै खोप हो । ढिलै भए पनि खोपको विकास भएको छ । कसले पहिले खोपको विकास गर्ला भन्ने चर्चा चलेकै समयमा खोप त बन्यो । तर, आखिर कसले बनायो त खोप ? धेरैलाई थाहा नहुन पनि सक्छ । आज यसै खोपको विषयमा चर्चा गरौं ।
हंगेरीमा जन्मिएका काट्लीन कारीको र अमेरिकी नागरिक ड्रीउ वेसम्यानलाई कोरोना विरुद्धको भ्याक्सिनको जन्मदाता मानिएको छ । यो वर्षको नोबेल पुरस्कारको सम्भावित विजेताको नाममा छलफल सुरु भए पछि यी दुई नाम चर्चामा आएका हुन । उनीहरूलाई यस पटकको नोबेल पुरस्कार दिईने सम्भावना छ । कारीका र वेसम्यानलाई एमआरएनए भ्याक्सीन वा म्यासेन्जर रीबोन्यूक्लीक एसिड निर्माताका रूपमा चिनिन्छ ।
एमआरएनए प्रविधिमा आधारित रहेर मोडर्ना, फाइजर र सहयोगी जर्मन कम्पनी बायोएनटेकले तयार गरेको भ्याक्सीनले कोरोना संक्रमण विरुद्धको लडाइमा ठूलो क्रान्ति ल्याएको छ । स्विडेनका प्रोफेसर अली मिराजामी भन्छन्, ‘भ्याक्सिनको यो प्रविधि खोज्ने वैज्ञानिकहरूले ढिलो चाँडो नोबेल पुरस्कार पाउँछन् भन्ने कुरामा म ढुक्क छु, प्रश्न के मात्र हो भने कहिले पाउने हो ?’
कोभिड १९ को भ्याक्सिनले धनी मुलुकहरूलाई सामान्य स्थितिमा फर्कन धेरै मद्दत गरेको छ । अझै पनि धेरै मुलुकमा ठूलो मात्रामा भ्याक्सिन लगाउन बाँकी नै छ । रोयटर्सले वैज्ञानिकहरूको एउटा वर्गलाई उदृत गर्दै यी दुई नाम अगाडि ल्याए पनि नोबल पुरस्कार समिति यस विषयमा अझै सम्म मौन नै छ ।
साधारणतया भ्याक्सिन विकसित हुन एक दशक वा त्यो भन्दा बढी समय लाग्न सक्छ । मोडर्नाको भ्याक्सीनलाई जीन सिक्वेंसिङ देखि लिएर पहिलो मानव इन्जेक्सनसम्म पुर्याउन ६३ दिन लागेको थियो । एमआरएनएले शरीरको डीएनएबाट शरीरको सेल्ससम्म सन्देश पुर्याउँछ कि बिरामीसँग लड्न प्रोटिनको आवश्यकता छ । एमआरएनए म्यासेन्जरको खोज १९६११ मा भए पनि यो प्रविधिबाट इलाज गर्न वैज्ञानिकहरूलाई दशकौं लाग्यो ।
यो भ्याक्सिन विकास गर्नेहरूलाई आशा छ कि, अब यो प्रविधिको प्रयोग क्यान्सर तथा एचआईभी एडसका बिरामीमा गर्न सकिने छ । यो खोपको खोजबाट लाखौं मानिसको जीवन जोगिएको छ ।

प्रतिक्रिया