शनिबार, जेठ ५, २०८१

मेगा बैंकका ग्राहकलाई ल्याटीन ए.बि.एस सिर्भिस सेन्टरमा ३० प्रतिशत छुट

नेपालखोज २०७८ असोज १७ गते १५:०४

काठमाडौं । पछिल्लो समय नेपालमा दुई पांग्रे सवारी साधन निकै लोकप्रिय बन्दै गएको छ । प्रयोगकर्ताले सहज, सस्तो र जाम भइरहने सडकमा पनि सजिलै यात्रा गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको हो ।

यस्तो अवस्थामा ल्याटीन ए.बि.एस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दे आफ्ना सेवा सुरु गरेको छ । कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङ चोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुट सहितको सेवा सुरु गरेको छ ।

कम्पनीले मेगा बैंकका खातावाला तथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध गराउने छ ।

कम्पनीले मेगा बैकसँग एक वर्षको छुट सेवा सम्झौता गरी मोटरसाइकल तथा स्कुटर प्रयोगतकर्ताहरुलाई चाडपर्व सहजताका लागि विभिन्न योजनाहरु ल्याएको हो ।

कम्पनीले मेघा बैंकमा खाता नभएका दुई पांग्रे सवारीसाधन चालकका लागि पनि सस्तो सेवा उपलब्ध गराउने सेवा सुविधा समेत प्रदान गर्नेछ ।

प्रतिक्रिया