नेप्से ऋणात्मक : ५५ अंकले घट्दा ४ अर्ब ११ करोडको सेयर किनबेच

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नै नेप्से ऋणात्मक देखिएको छ । नेप्से आज ५५ दशमलव ९३ अंकले घटेर २५ सय ७७ दशमलव ४९ अंकमा झरेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव सात अंकले घटेर चार सय ८५ दशमलव ९८ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ३२ वटा कम्पनीहरुको ५२ हजार तीन सय ९१ पटकको कारोबारमा ८९ लाख ४८ हजार नौ सय ३७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ११ करोड ३८ लाख १४ हजार दुई सय ४६ रुपैयाँ पुगेको छ ।
१३ वटा समूहको कारोबार भएकोमा १३ वटै समूहको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक २९ दशमलव २६ अंंकले घटेर १८ सय ४० दशमलव १४ अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि एक सय ११ दशमलव ६१ अंकले घटेर २७ सय सात दशमलव एक अंकमा झरेको छ ।
निर्जिवन बीमा समूहको सूचक पनि एक सय ८८ दशमलव पाँच अंकले घटेर ११ हजार तीन सय ४६ दशमलव ७६ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि दुुई सय ७२ दशमलव १४ अंकले घटेर १४ हजार दुई सय ९६ दशमलव २२ अंकमा झरेको छ । यि बाहेक फाईनान्स, जलविद्युत, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहरुको सूचक पनि उच्च अंंकले घटेका छन् ।
आज मैलुङ खोला जलविद्युुत कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर तीन सय २५ रुपैयाँ ४० पैसामा प्रतिकित्ता सेयर कारोबार हुंदा गुहेश्वरी मर्चेन्ट फाईनान्सको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव १९ प्रतिशतले घटेर चार सय ५७ रुपैयाँ ७० पैसामा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता चार सय ३४ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड छ लाख १६ हजार दुई सय २१ रुपैयाँको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबाररकम मध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया