अफगानिस्तान : गोली काण्डमा एक पत्रकारसहित तीनको मृत्यु

नेपालखोज २०७८ असोज १७ गते १६:३७


काबुल । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या गरिएको छ ।

जलालाबाद शहरमा शनिबार साँझ आफ्ना आफन्तसँग घुमिरहेका पत्रकार सेयद मरोफ शादातलाई लक्षित गोली प्रहार भएको जनाइएको छ । बन्दुकधारीले उनीहरुलाई गोली हानेको एक सुरक्षास्रोतले नाम नबताउने शर्तमा बताएका छन् ।

गोली प्रहारबाट शादातका छोरा र गाडीका चालक घाइते भएको जनाइएको छ । एक स्वतन्त्र अफगान मिडिया समूह अफगान पत्रकार सुरक्षा समिति (एजेन्सी) ले हत्याको निन्दा गरेको छ ।

गोली प्रहारको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन । स्रोतका अनुसार तालिबान अधिकारीहरुले यस घटनाको अनुसन्धान गरिरहेका छन् ।

अफगानिस्तानको राजाधानी काबुलको पूर्वमा १२० किलोमिटर टाढा रहेको जलालाबाद शहरमा इस्लामसँग सम्बद्ध आतंकवादीहरुले हमला गर्दै आएका छन् । रासस\सिन्ह्वा

प्रतिक्रिया