फलामे छडको मूल्य चार रूपैयाँ घट्यो

नेपालखोज २०७८ असोज १७ गते १७:०१

काठमाडौं । सरकारले फलामे छडमा लाग्दै आएको अन्तशुल्क हटाएसँगै फलामे छडको मूल्य घट्ने भएको छ । नेपाल फलामे छड उत्पादन सङ्घले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार तथा अन्तशुल्कमा छुट भएसँगै मूल्य घट्ने जनाएको हो ।

सङ्घले आज एक विज्ञप्ति जारी गर्दै सङ्घमा आवद्ध उद्योगलाई प्रतिकिलो ४ रूपैयाँ मूल्य घटाउन निर्देशन दिएको हो ।

बजेटमा नै भन्सारसँगै अन्तशुल्कमा छुट भएपछि सरकारलाई बुझाउनुपर्ने राजस्व रकम उपभोक्तालाई छुट दिने तयारी भएको सङ्घका अध्यक्ष साहिल अग्रवालले जानकारी दिए।

नेपाल सरकारले २५ भदौ २०७८ मा ल्याएको बजेटबाट स्पंज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाको यस सङ्घ स्वागत गर्दछ ।

सो व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी चार रूपैयाँले घट्न जाने जानकारी गराउदछौँ’, सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सरकारले फलामे डण्डी बनाउन प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने ५ प्रतिशतको भन्सार र अन्तःशुल्कमा छुट दिएको भन्दै विलेट आयात गर्ने उद्योगी आन्दोलित बनेका छन् ।

सरकारले यसअघि एमएस विलेट आयातमा प्रतिटन एक हजार ६५० रूपैयाँ अन्तःशुल्क लाग्ने गरेकोमा बढाएर २ हजार ५०० पुचार रूपैयाँ इएको छ ।

सरकारको यस्तो व्यवस्थाले नेपालमै विलेट बनाएर फलामे डण्डी उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन भएको तर विलेट आयात गरी डण्डी उत्पादन गर्नेलाई समस्या भएको भन्दै केही उद्योगी व्यवसायी आन्दोलित भएका छन् ।

प्रतिक्रिया