राष्ट्र बैंकले सोमबार १९ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै
नेपालखोज
२०७८ असोज १७ गते १७:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि (सोमबार) दिउँसो तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही असोज ११ गते पनि राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
जारी मिति असोज १९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्ये ९१ दिने अवधिको नौ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैयाँको रहेको छ ।
सो मध्ये ९१ दिने अवधिको ट्रेजरीको परिपक्व हुने अवधि २०७८ पुस २० गते र एक सय ८२ दिने टे«जरीको परिपक्व हुने अवधि २०७८ चैत २२ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया