परराष्ट्रमन्त्री खड्काविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी
नेपालखोज
२०७८ असोज १७ गते २०:४४
काठमाडौं। सर्वोच्च अदालतले परराष्ट्रमन्त्री नारायण खड्काविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधिश आनन्दमोहन भट्टराईको एकल इजलासले परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्नुपर्ने माग गरी दायर गरेको रिटमाथि सुनुवाई गर्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश जारि गर्दै सो मुद्दा अग्राधिकारमा राख्ने निर्णय गरेको छ । असोज १२ गते अधिवक्ता अधिवक्ता विशाल न्यौपानेले परराष्ट्रमन्त्री खड्कालाई कुनैपनि कानुनी व्यवस्था नगरी पद तथा गोपनीयताको शपथ गराइएको भन्दै गैरसंवैधानिक शपथ बदर गरी शपथसम्बन्धी कानुन निर्माण गरेर मात्र शपथ गराउनु भनी विपक्षीको नाममा अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया