मौसम : देशभर बदली, अधिकांश स्थानमा वर्षा

नेपालखोज २०७८ असोज १८ गते ६:१५

काठमाडौं । आज देशभर आंशिक बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभावका कारण नेपालमा निरन्तर वर्षा भइरहेको हो ।

आज दिउँसो पनि देशभर सामान्य बदली रही केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

भोली (मंगलबार) मुलुकका विभिन्न स्थानमा विहानैबाट मेघगर्जनसहित वर्षाको सम्भावना छ । कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा विहानैबाट भारी वर्ष हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार राति पनि देशभर सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्यांङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

देशभर दैनिक वर्षा भएकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । साथै देशभरका नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया