प्रजिअलाई जिल्ला नछाड्न गृहको निर्देशन
नेपालखोज
२०७८ असोज १८ गते १२:१९
काठमाडौं । गृह मन्त्रालयले चाडपर्वको अवधिभर जिल्ला नछाड्न ७७ वटै प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखलाई निर्देशन दिएको छ ।
गृहको निर्देशनसँगै अब सिडिओ, जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरू अत्यावश्यक काम र गृहको अनुमतिबिना जिल्ला छाड्न पाउने छैनन् ।
चाडपर्वमा स्थानीय प्रशासन र सुरक्षा निकाय झन चनाखो हुनुपर्ने भएकाले घरबिदा पनि नजान भनिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
यो समयमा सर्वसाधारणकोे ठाडो निवेदन दर्ता गर्न र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।
सम्बन्धित
प्रतिक्रिया