कांग्रेस रामेछापको सभापतिमा ‘कान्छाराम’ विजयी
नेपालखोज
२०७८ असोज १८ गते १२:२६

काठमाडौं । नेपाली कांग्रेस रामेछापको सभापतिमा पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ विजयी भएका छन् ।
हिजो साँझ सम्पन्न निर्वाचनमा तीनजना उम्मेदवारमध्ये कोहीले ५१ प्रतिशत पुर्याउन नसक्दा पुन निर्वाचनको तयारी थियो ।
दोस्रो चरणको निर्वाचनमा कान्छारामले मात्रै सभापति पदका लागि उम्मेदवारी दर्ता गरेर अन्यले दर्ता नगरेपछि उनी सभापतिमा विजयी भएका हुन् ।
पहिलो चरणको निर्वाचनमा करिब १३८१ मत मध्ये पुर्ण बहादुर तमाङले ६६८,लबश्री न्यौपानेले ३५६ र कृष्ण बहादुर महतले ३२८ मत प्राप्त गरेका थिए । २९ मत्त बदर भएको थियो । तामाङ पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् ।
सम्बन्धित

प्रतिक्रिया