मनाङ जाने सडक खुल्यो, जनजीवन सहज बन्दै

नेपालखोज २०७८ असोज १८ गते १३:२३

मनाङ । यस वर्षको वर्षायामको सुरुदेखि अवरुद्ध सडक तीन महिनापछि सञ्चालन भएपछि मनाङको जनजीवन सहज बन्दैछ ।

विगत तीन महिनादेखि अवरुद्ध बेसीशहर–चामे सडकखण्डको धारापानी माथिसम्म सडक पुगेपछि औपचारिकरुपमा सञ्चालनमा आएको छ ।

लामो समयदेखि सडक सञ्जालबाट टाढा रहेका मनाङवासीलाई सडक सञ्चालनमा आएपछि सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । धारापानीबाट माथिल्लो पाँच किलोमिटर बाँकी सडक निर्माण भएपछि सडक पुनःसञ्चालनमा आएको हो ।

भ्राताङ–पिसाङबीचमा सडकखण्ड खुलेपछि मनाङवासी र पर्यटकलाई सहज हुने लामिछाने बताउँछन् । अवरुद्ध रहेको एक्लोभट्टी र तलेखुँको सडकखण्ड छिटै खुलाउने गरी काम भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया