शनिबार, जेठ ५, २०८१

बैंकिङ प्रणालीमा राष्ट्र बैंकले ५६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७८ असोज १८ गते १४:२६

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा ५६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०७८ कात्र्तिक दुुई गतेदेखि २०७९ कात्र्तिक दुई गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुुद्धती निक्षेपकोरुपा राखिने कुुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि ४४ करोड ८० लाख, विकास बैंकहरुको लागि ८ करोड ४० लाख र फाइनान्स कम्पनीहरुको लागि दुई करोड ८० लाख रुपैयाँ रुपैयाँ छुुट्याइएको छ ।

राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहने इच्छुुक तथा फाइनान्स कम्पनीहरुले यही असोज १९ गते मध्यान्ह पाँच बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया