बिहीबार, जेठ २, २०८२

रोकिएन गिरावट, नेप्से ६ दशमलव ६८ अंकले घट्दा ३ अर्ब ६२ करोडको सेयर किनबेच

नेपालखोज २०७८ असोज १८ गते १५:५७


काठमाडौं । नेप्सेको उच्च गिरावटले साताको दोस्रो कारोबार दिन सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ५६ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार पुुन ६ दशमलव ६८ अंकले घटेर २५ सय ७० दशमलव ८१ अंकमा पुुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २८ अंकले घटेर ४ सय ८४ दशमलव ९८ अंकमा पुुगेको छ । २ सय २७ वटा कम्पनीहरुको ४८ हजार दुई सय ३६ पटकको कारोबारमा ७६ लाख ५३ हजार २ सय २० कित्ता सेयर खरिद विक्री भएकोमा कुुल कारोबार रकम ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९ सय ३५ रुपैयाँ पुगेको छ ।

१३ वटा समूहको कारोबार भएकोमा ४ वटा समूहको सूचक बढेर ९ वटा समूहको सूचक घटेका छन् । ति मध्ये वाणिज्य बैंक समुहको सूचक ३ दशमलव ८८ अंकले घटेर १८ सय ३६ दशमलव ५७ अंकमा झरेकोमा जलविद्युत समुहको सूचक पनि ६५ दशमलव ८ अंकले र २६ सय ४१ दशमलव ९४ अंकमा झरेको छ ।

निर्जिवन बिमा समूहको सूचक पनि १३ दशमलव १७ अंकले घटेर ११ हजार ३ सय ३३ दशमलव ५९ अंकमा झरेकोमा विकास बैंक, टे«डिङ, फाइनान्स, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि घटेका छन् ।

लघुुवित्त समूहको सूचक भने ७२ अंकले बढेर ४ हजार ९ सय ६५ दशमलव १९ अंकमा चढेकोमा जीवन बीमा समुहको सूचक पनि ५ दशमलव ६२ अंकले बढेर १४ हजार ३ सय १ दशमलव ८३ अंकमा चढेको छ ।

यीबाहेक होटल तथा पर्यटन र अन्य समुहको सूचक पनि बढेका छन् । आज आशा लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १६ सय ९९ रुपैयाँ ५० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा मनकामना स्र्माट लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य भने ९ दशमलव ३८ प्रतिशतले घटेर १८ सय ८५ रुपैैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ ।

यसैगरी आज युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता ४ सय २५ रुपैयाँ अन्तिम मुल्यमा १२ करोड १२ लाख १६ हजार ७ सय ७४ रुपैयाँ ७० पैसाको कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया