थप १ हजार ३० जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७८ असोज १८ गते १७:५२

काठमाडौं । नेपालमा गत २४ घण्टामा १०३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ८९३ जनाको पीसीआर परीक्षणमा ८१२ र ४ हजार ९८१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१८ जना गरि कुल १०३० जनामा कोरोना पुष्टि भएको हो । हाल देशभर १६ हजार ६०६ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप १ हजार कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै,गत चौबीस घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार १७४ पुगेको छ ।

प्रतिक्रिया