सोमबार, वैशाख १५, २०८२

नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सभामा १९ प्रतिशत नगद लाभांश पारित

नेपालखोज २०७८ असोज १९ गते ७:४६


काठमाडौं । नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७७–०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको असार ३१, २०७८ मा समाप्त भएको वर्षको वासलात, तथा सोही मितिमा समाप्त भएको आ.व. २०७७–०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७७–०७८ सम्मको संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी २० करोड रुपैयाँको १९ प्रतिशतले हुुन आउने ३ करोड ८० लाख रुपेयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

यसैगरी सभाले आर्थिक वर्ष २०७८–०७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्तिको शर्त तोक्ने प्रस्तावहरु पारित भएको छ ।

साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया