बिहीबार, चैत १५, २०८०

क्रिप्टोकरेन्सी वालेटबाट लगानीकर्ता मालामाल, १० लाख रुपैयाँ भयो ३५० करोड !

नेपालखोज २०७८ असोज १९ गते ८:५४

काठमाडौं । बिटक्वाइन होल्डरहरुलाई आश्चर्यचकित तुल्याउँदै एउटा निष्क्रिय क्रिप्टोकरेन्सी वालेटले धेरैको ध्यान खिच्यो जसमा लगभग २८.३५ मिलियन डलर (३५० करोड रुपैयाँ) भ्याल्युको ६१६.२००४ बिटक्वाइन थियो ।

करिब ९ वर्षपछि उक्त वालेटका धनीले आफ्नो बिटक्वाइन अरु कसैको वालेटमा ट्रान्सफर गरेपछि बिटक्वाइनको वालेटमा हलचल मच्चिएको जानकारी ब्ल्याकचेन एक्सप्लोररले दिएको छ ।

वालेटले दिएको प्रतिफल ?
बिटक्वाइन वालेटले ती लगानीकर्तालाई जुन प्रतिफल दिएको छ त्यसले यसका तमाम लगानीकर्तालाई हैरान तुल्याएको छ । ती लगानीकर्ताले १०डिसेम्बर २०१२ मा वालेटमा ६१६.२००४ बीटीसी लगानी गरेका थिए । त्यति बेला यो क्रिप्टोकरेन्सी १३.३० डलरमा कारोबार गरिरहेको थियो । त्यसमा वालेट धनीको कुल लगानी ८,१९५ डलर थियो । तर अहिले त्यो वालेटको मूल्य करिब ३५९२८४ प्रतिशतले बढेको बताइएको छ ।

यस हिसाबले अहिले उनको ६१६.२००४ बिटक्वाइनको मूल्य २८ लाख ३५ हजार डलर अर्थात् तीन सय ५० करो रुपैयाँको हाराहारीमा पुगेको छ ।

क्रिप्टोकरेन्सीको कारोबारमा एउटा रणनीति हुन्छ जसमा के भनिन्छ भने तल झरिरहेको मूल्यमा क्रिप्टोकरेन्सी किन्नुहोस् र आफूले गरेको लगानी बिर्सनुहोस् । यसबीच क्रिप्टोकरेन्सीको क्षेत्रमा देखिने उतार-चढावलाई पनि नजरअन्दाज गर्नुहोस् ।

यसलाई ‘HODL and Forget!’ को रणनीति पनि भनिन्छ । यहाँ ‘HOLD’ लाई पनि गलत तरिकाले ‘HODL’ लेखिएको छ यसको अर्थ के हो भने बिटक्वाइन वा अरु कुनै क्रिप्टोकरेन्सी किनेर त्यसलाई बिर्सिदिनुहोस् । यसलाई Buy-and-Hold स्ट्राटेजी पनि भनिन्छ ।

तथ्यांकअनुसार गएको जनवरीयता बिटक्वाइनको मूल्य ४४.८१ प्रतिशतले बढेको छ । यसको तुलनामा सुनको मूल्य माइनस ६.४४ प्रतिशतले तल झरेको छ ।

प्रतिक्रिया