बिहीबार, चैत १५, २०८०

आइफोनजस्तै देखिने फेयरफोन-फोरमा ५ वर्षको वारेन्टी, मूल्य कति ?

नेपालखोज २०७८ असोज १९ गते १२:१३

काठमाडौं । डच मोबाइल कम्पनी फेयरफोनले फेयरफोन-फोर फाइभ-जी सार्वजनिक गरेको छ । यो फोनमा फेयरफोनको प्रोसेसरको मोड्युलर डिजाइनलाई कायम राखिएको छ । गत वर्ष बजारमा आएको फेयरफोन थ्री प्लसका कैंयन् फिचरले फेयरफोन-फोर फाइभ-जीमा निरन्तरता पाएका छन् ।

फेयरफोनको यो पहिलो फाइभ-जी स्मार्टफोन हो । यो फोन गोरिल्ला ग्लास फाइभका साथ ६.३ इन्चको फुल एचडी प्लस डिस्प्लेले सुसज्जित छ । यो फोनको डिस्प्लेमा सबैभन्दा माथि एउटा वाटरड्रप न्याचका साथ एउटा पातलो बेजल डिजाइन छ । उक्त न्याचमा २५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

स्पेसिफिकेसन
यो फोन क्वालकम स्नापड्रेगन ७५०-जी प्रोसेसर द्वारा सञ्चालित हुन्छ जुन पहिले सामसुङको ग्यालेक्सी ए-५२ फाइभ-जी तथा मोटोरोलाको मोटो-जी फाइभ-जी जस्ता प्रिमियम मिड-रेन्ज फोनमा प्रयोग भइसकेको छ । यो फोनको केही भेरियन्टमा ६ जीबी र्‍यामका साथ १२८ जीबी स्टोरेज दिइएको छ । अर्को भेरियन्टमा ८ जीबी र्‍यामका साथ २५६ जीबी इन्टरनल स्टोरेज दिइएको छ ।

यसमा माइक्रोएसडी कार्ड स्लटसमेत उपलब्ध हुन्छ जसको प्रयोगबाट फोनको स्टोरेजलाई २ टेराबाइटसम्म बढाउन गर्न सकिन्छ ।

फेयरफोन-फोर फाइभ-जीको क्यामेरा
यो फोनको पछाडि एउटा डुअल क्यामेरा सेटअप दिइएको छ जसमा ओआईएसका साथ सोनी कम्पनीको सेन्सर, आठ गुणा क्षमताको डिजिटल जुमका साथै फोरके भिडियो सुट गर्न सक्षम एचडी स्लो-मोसन समावेश छ ।

यसको दोस्रो क्यामेरा ल्यान्डस्केप फोटोग्राफीका लागि दिइएको छ । ४८ मेगापिक्सेलको यो क्यामेरामा वाइड-एंगल लेन्स जडान गरिएको छ । स्तरीय अटोफोकसका लागि यसमा टाइम-अफ-फ्लाइट सेन्सर पनि छ । वास्तवमा यो क्यामेरामा ट्रिपल क्यामेरा सेटअप छ भन्न सकिन्छ ।

कस्तो छ ब्याट्री ?
फेयरफोन फोर फाइभ-जीमा नानो-सिमका साथ एउटा ई-सिम समेत प्रयोग गर्न सकिन्छ । यो फोनमा ३९०५ एमएएचको ब्याट्री दिइएको छ । यो फोन एड्रोइड-११ आउट-अफ-द-बक्समा चल्छ । फेयरफोनले यसमा ई.स. २०२७ सम्म अर्थात् पाँच वर्षको वारेन्टी तथा एड्रोइड सपोर्ट दिने कुरा बताएको छ । यो फोनको पार्ट्स पनि सन् २०२७ सम्म उपलब्ध हुनेछ ।

फेयरफोनको मूल्य
फेयरफोन फोरको ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भर्सनको अन्तर्राष्ट्रिय बजार मूल्य ५७९ युरो तथा ८ जीबी र्‍यामका साथ २५६ जीबी इन्टरनल स्टोरेज भएको भर्सनको मूल्य ६४९ युरो तोकिएको छ ।

प्रतिक्रिया