सिभिल ग्रुपका अध्यक्ष ४६ करोड ठगीको आरोपमा पक्राउ
नेपालखोज
२०७८ असोज १९ गते १०:४३

काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ४६ करोड ठगीको आरोपमा सोमबार साँझ पक्राउ गरेको हो ।
सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा तामाङलाई सुन्धराबाट पक्राउ गरिएको व्यूरोका प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।
तामाङसहित प्रहरीले अन्य १० जना पक्राउ परेका छन् । उनी पूर्व सांसद समेत हुन्। तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया