५ सयले बढ्यो सुनको मूल्य
नेपालखोज
२०७८ असोज १९ गते ११:२६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ कायम गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३०० रुपैयाँ तोकिएको हो । छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला ८९ हजार ८५० रुपैयाँ कायम गरिएको छ जुन सोमबार प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया